सुरु भयो आर्यन र नम्रताको ‘क्लासिक’



classic-statrt--chobhar
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले चलचित्र ‘क्लासिक’को शनिबारबाट छायांकन सुरु भएको छ । राजधानीको चोभार स्थित गणेशमन्दिरमा चलचित्र युनिटले पूजाआजा गर्दै चलचित्रको शुभमुर्हत सम्पन्न गरेको हो ।

Click Here to Watch Entertaining Videos
निर्माता तथा नायक आर्यन सिग्देल, निर्देशन दिनेश राउत लगायतले चोभारको गणेश मन्दिरमा पुजा गर्दै छायांकन सुरुवात गरेका हुन् । पहिलो दिन आर्यनको बाल्यकालको भूमिकामा अभिनय गर्दै बाल कलाकार सुमिन मान्धर र नायिका नम्रता श्रेष्ठको भूमिकामा अभिनय गर्दै बाल कलाकार सेमिना कोइरालाले सट दिएका छन् ।

शुभसाइत समारोहमा उपस्थित भएका नायक तथा निर्माता आर्यन सिग्देलले भने-‘वैशाखमा भुकम्पका कारण चलचित्रको छायांकन सुरु गर्न सकिएन । यसपछि देशको परिस्थितीले गर्दा असोज १ गतेबाट सुरु गर्न असमर्थ भयौ । तर, चलचित्र फ्लोरमा गयो, खुशी छु ।’ दर्शकको मनमुटुमा बसिसकेको जोडी आर्यन-नम्रता ‘क्लासिक’मा दोहोरिनु चलचित्रको कथाभित्रको चरित्र माग भएको निर्देशक राउतले बताए । ‘क्लासिक’ कस्तो चलचित्र हो भन्ने हाम्रो प्रश्नमा उनले भने ‘चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ, दृष्टिबिहिन पात्रको सांगीतिक लगाव, उसको जीवनका उतारचडढाव, मायाप्रेम, त्याग आदिलाई चलचित्रले पर्दार्पण गर्ने छ ।’

चलचित्रमा आर्यन र नम्रताका अलवा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा देखिनेछन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । पब्लिसिटी डिजाइनर शान थापाको सह-निर्देशनमा, एसोसियट निर्देशक विकास सुवेदी र मुख्य-सहायक निर्देशक दिनेश रावत रहने चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहनेछ । यो चलचित्र आउदो प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शन गर्ने चलचित्र युनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu