‘बागमती’को पोष्टर सार्वजनिक, राजेशनै केन्द्रमा



ठुलोपर्दा डटकम, काठमाण्डौ।
हालसम्म प्रदर्शन मिति सार्वजनिक नगरिएको सर्वाधिक महंगो चलचित्र ‘बागमती’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा नायक राजेश हमाल केन्द्रमा छन् ।

Click Here to Watch Entertaining Videos
केहि दिन अगाडी सार्वजनिक भएको टिजरमा समेत नायक राजेश हमाललाई केन्द्रमा राखेर उनका डाइलग र एक्शनलाई प्रस्तुत गरिएको थियो । राजेशका फ्यानहरुलाई मध्यनजर गर्दै निर्माण यूनिटले लगातार उनलाई नै केन्द्रमा राखेर टिजर र पोष्टर सार्वजनिक गरिरहेको छ ।

Bagmati-Poster-1

चलचित्रमा कंचन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्धारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ ।

रमेश कुमारले निर्देशन गरेको चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ । चलचित्रमा राज कुमार उप्रेति द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu