निशा लागिन् उनन्तीस



nisha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेत्री निशा अधिकारी आज आइतबारबाट २९ बर्षमा लागेकी छिन् । नेपाली विकिपीडिया अनुसार उनी ४ अक्टोबर १९८६ मा जन्मिएकी हुन् ।

उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् । अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । निशाले सगरमाथाको सफल आरोहन सन् २०१३ मे १ का दिन गरेकी थिइन् ।

नैना रेशम, मायाज बार, अपबाद, धुँवा यो नशा, पद्मिनी, मुखौटा, भीमदत लगायतका दर्जनौ चलचित्रमा अभिनय गरेकी निशाको जन्मघर पाल्पा हो । हाल उनी अफ्रिकामा छिन् । दुई महिना अमेरिका बसेर नेपाल फर्किएकी उनी नेपाल एक साता नबस्दै अफ्रिकातर्फ लागेकी हुन् । उनी अफ्रिकामा पर्वतारोहणको रूपमा गएकी हुन् ।

अधिकारीले यस पटक अफ्रिकाको जान्तानियाँस्थित ५ हजार ८ सय ९५ मिटर अग्लो किलिमान्जारो पर्वत चढ्दै छिन् । उनको चाँडै प्रदर्शन हुन लागेको चलचित्र भने ‘लुटेरा’ हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu