सबिना भन्छिन्, ‘एटिएम खेल्नु भुल भयो’



Photo: Onlinekhabar
Photo: Onlinekhabar

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सबिना कार्की भनेपछि सबैले चलचित्र एटिएमकी सेक्सी गर्ल भनेरै चिन्नुहुन्छ, किनकी उनले उक्त चलचित्रमा दिएको दृश्यहरुले केहि समय अगाडी राम्रै विवाद पाएको थियो र सबिनाले चर्चामा आउने मौका पाएकी थिइन् ।

Click Here to Watch Entertaining Videos
सानैदेखि हिरोइन बन्ने इच्छा बोकेकी सबिना अहिले भने चलचित्र एटिएम खेल्नु सबैभन्दो ठुलो भुल रहेको बताउँछिन् । एटिएम खेल्नुभन्दा अगाडी राम्रै चर्चामा आएपनि हाल भने उनी गुमनाम जस्तै छिन् । नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा उनले भनिन्, ‘एटिएममा मेरो राम्रै भूमिका छ, तर रिलिजअगाडि सार्वजनिक गरिएको प्रोमोका कारण निकै तनाव भोग्नुपर्‍यो । एटिएम खेल्नाले अलि–अलि बन्दै गएको करिअर पनि चौपट हुने अवस्था आयो । त्यो फिल्म खेल्नु भुल थियो ।’

उनी अगाडी थप्छिन्, ‘चलचित्रभित्र अश्लील लाग्ने सिन, डाइलग नभए पनि चलचित्र चलाउन गरिएको ‘चिप पब्लिसिटी’ले गर्दा निकै गाह्रो भयो । एटिएमपछि पनि मलाई त्यसै खालका दृश्ययुक्त थुप्रै चलचित्रबाट अफर आए । मैले एकचोटि गरेको गल्ती पुनः नदोहोर्‍याउने प्रण गरेकाले कुनै चलचित्र पनि स्विकारिन् । अहिलेसम्म मैले झन्डै एक दर्जन चलचित्र र दुई सयजति म्युजिक भिडियोमा अभिनय गरिसकेकी छु । एटिएमबाहेक अरू सबै चलचित्र, म्युजिक भिडियोबाट म सन्तुष्ट छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu