काठमाडौंमा शुक्रबार मात्र चलचित्र प्रदर्शन गर्न निर्माता संघको आग्रह



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र निर्माता संघले काठमाडौं उपत्यका भित्र शुक्रबार भन्दा बाहेक अन्य दिनमा नेपाली चलचित्र प्रदर्शन नगर्न आग्रह गरेको छ । संघका अध्यक्ष राजकुमार राईद्वारा जारी विज्ञप्तीमार्फत सबै चलचित्र निर्माताहरुलाई आग्रह गरिएको छ ।

Click Here to Watch Entertaining Videos
विज्ञप्तीमा भनिएको छ -‘२०६०/४/२३ मा भएको निर्माता संघ र नेपाल चलचित्र संघसँग भएको बुँदा नम्बर ९ अनुरुप काठमाडौं उपत्यकामा नयाँ स्वदेशी चलचित्र प्रदर्शन गर्दा अनिवार्य शुक्रबारमात्र प्रदर्शन गर्नुपर्नेछ भन्ने भए अनुसार विगत ११ बर्षदेखी काठमाडौं उपत्यकामा स्वदेशी चलचित्र साप्ताहिक होल्ड ओभर सहित शुक्रबार मात्र रिलिज हुँदा कम्तीमा एकसातासम्म स्वदेशी चलचित्रहरु सिनेमा घरमा चल्ने वातावरण सृजना भई निर्माताहरु लाभान्वित हुँदै आएको कुरा स्पष्ट जानकारी गराउन चाहन्छौं । तसर्थ नजिकदै गरेको नेपालीहरुको महानपर्व वडा दशैको फुलपाती (मंगलबार)बाट काठमाडौं उपत्यकामा केहि नेपाली चलचित्र प्रदर्शनमा आउने कुरा बाहिर आएकोमा संघको गम्भिर ध्यानआर्कषण भएको छ ।’

संघले विज्ञप्ती मार्फत निर्माता संघ र चलचित्र संघबिच भएको सहमती कार्यान्वय गर्न निर्माता संघले निर्माताहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu