हरिवंश मनपर्ने केकी



Photo: Glamournepal
Photo: Glamournepal

नायिका केकी अधिकारी पछिल्लो सफल नायिकाको रुपमा चिनिदै गएकी छिन् । केकीले अभिनय गरेको चलचित्रहरु खासै सफल नभएपनि उनको माग भने नभटेको बताइन्छ । उनी अहिलेपनि विभिन्न चलचित्रको छायांकनमा व्यस्त छिन् ।

Click Here to Watch Entertaining Videos
अन्य नेपाली नायिकाहरुभन्दा शिक्षित मानिने केकीले हालसम्म एकदर्जनबढि चलचित्रमा अभिनय गरिसकेकी छिन् भने ५० भन्दा बढि म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । कान्तिपुर दैनिकसँगको विशेष कुराकानीको क्रममा उनले हरिवंश आचार्य भर्सटाइल अभिनेता र गौरी मल्लको एक्टिङ बोल्ड लाग्ने बताएकी छिन् । पेय पदार्थमा अहिलेसम्म अल्कोहल नलिएको बताउँदै केकीले भनिन्, ‘अल्कोहल लिने बानी छैन। अहिलेसम्म टेस्ट गरेकी पनि छैन। खाउँजस्तो नै लाग्दैन। जुसहरूमा चाहिँ एप्पल मन पर्छ।’

उनलाई नेपालको पोखरा निकै मनपर्ने बताएकी छिन् । उनले अगाडी भनिन्, ‘आफू जन्मेको देश नेपाल नै मन पर्छ। प्राकृतिक रूपमा अरू विकसित मुलुकभन्दा हाम्रो देश निकै धनी छ। खासगरी पोखराको सौन्दर्यले लोभ्याउँछ। सुटिङका क्रममा धेरैपटक पुगेकी छु तर घुम्नैका लागि भनेर समय छुट्याएर गएकी छैन।’ हाल उनी चलचित्र ‘भाग् सानी भाग्’को छायांकनमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu