टिसर्ट काटेर चलचित्रको प्रचार



ठुलोपर्दा डटकम, काठमाण्डौ।
बजारमा चलचित्र अधकट्टी फेशनको चर्चा बढ्दै छ । चलचित्रकी नायिका आशिष्मा नकर्मीलाई अचेल ‘कोकाकोला गर्ल’ उपनामले समेत बोलाउन थालिएको छ ।

Click Here to Watch Entertaining Videos
किरण माइकलको शब्द तथा वसन्त सापकोटाको संगीतको ‘कोकाकोला गर्ल’ बोलको गीतको लोकप्रियताले नायिका अशिष्मालाई थप उत्साहित बनाएको छ । सायद त्यसैले हुनुपर्छ, यतिबेला उनले चलचित्रको प्रचारका लागि बनाइएको ‘अधकट्टी’ को शीर्षक लोगो अंकित टिसर्टलाई आँफैले डिजाइन गरेर स्टाइलिस बनाएकी छिन् ।

Ashishma-dress

अशिष्माले प्राय कार्यक्रमहरुमा अधकट्टी लेखिएका टिसर्ट लगाएर चलचित्रको प्रचारमा सहयोग गर्दै आएकी छिन् । त्यही क्रममा परम्परागत टिसर्टबाट अलि माथि उठेर आशिष्माले लगाएकी स्टाइलिस डिजाइनको चम्किलो पहेंलो रंगको अधकट्टी टिसर्ट अहिले चलचित्रक्षेत्रमै चर्चाको विषय बनिरहेको छ । चलचित्र अधकट्टी कात्तिक ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu