एक प्राविधिक पुरस्कृत गर्दै सकियो ‘वीर विक्रम’



beer-bikram
ठुलोपर्दा डटकम, काठमाण्डौ।
छायांकन सुरु भएको उनन्चासौँ दिनमा नेपाली चलचित्र वीर विक्रमको छायांकन सकिएको छ । ‘हँसिया’ चलचित्र निर्देशन गरेर निर्देशकको रुपमा आफुलाई स्थापित गराएका निर्देशक मिलन चाम्सले यो चलचित्रलाई निर्देशन गरेका छन् ।

Click Here to Watch Entertaining Videos
चलचित्रको इन्डकल्यापसँगै निर्माण यूनिटले उत्कृष्ट एक प्राविधिकलाई पुरस्कृत समेत गरेको छ । हेयर ड्रेसर मधु भण्डारीलाई २० हजार नगदसहित चलचित्र यूनिटले पुरस्कृत गरेको हो ।

‘वीर विक्रम’मा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । लचित्रको आलेख याम थापाले लेखेका हुन् भने यसमा मिलनसँगै अनिला राई, पृथ्वीराज राई र शिवकुमार राईको लगानी रहेको छ ।

यम थापाको पटकथा, ताराप्रकाश लिम्बूको संगीत, रिनशा राईको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व रहेको छ । चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो चलचित्रको सन् २०१६ को अप्रिल ९ मा लण्डनमा विशेष प्रिमियर समेत हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu