थिएटर मलमा ‘च्यातिएको पर्दा’



CHYATIYEKO-PARDA
असोज १२ देखि काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा नाटक ‘च्यातिएको पर्दा’ मञ्चन भइरहेको छ । नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले लेखेको ‘पल्लो घर’मा आधारित नाटकलाई थिएटर मलका लागि सुदाम सिकेले परिकल्पना तथा निर्देशन गरेका छन् ।

Click Here to Watch Entertaining Videos
धेरैअगाडि लेखिएको नाटकलाई मञ्चन गर्ने क्रममा समसामयिक बनाउने प्रयास र सोहीअनुरुप नाट्य परिकल्पना गरिएको निर्देशक सुदाम सिकेले बताए । नाटकमा एक इज्जतदार घरको दुर्दशाको चित्र छ । नाटकमा त्यो घरका प्राणीहरु कसरी विवशतापूर्वक अधोगतिमा गएको प्रस्तुत गरिएको छ । नाटक ‘च्यातिएको पर्दा’मा आकृति श्रेष्ठ, विजया कार्की , केदार श्रेष्ठ, जीवन भट्टराई, प्रकु पाण्डे, कविर खड्का, कुशल पाण्डे, दिनलजंग गुरुङ, सञ्जिता सञ्जीले अभिनय गरेका छन् ।

नाटकमा एउटा परिवार कसरी बिस्तारै च्यातिएको पर्दा जस्तै प्रतिष्ठाविहीन हुन पुग्छ भन्ने देखाउन खोजिएको छ। गोठालेले पुरानो परिवेशमा लेखेको नाटकलाई सुदामले केही आधुनिकतामा परिमार्जन गरेका छन्। यहीकारण अहिलेका पुस्तालाई यो नाटक बुझ्न सहज भएको छ। आधा सुरको प्रत्यक्ष गीतसंगीत यस नाटककमा पनि देख्न र सुन्न पाइन्छ । यो नाटक असोज २५ गतेसम्म थिएटर मलमा साँझ ५:३० बजे मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu