‘ठमेल डटकम’लाई PG प्रमाणपत्र



thamel.com-ad
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसपालीको दशैँमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘ठमेल डटकम’ सेन्सर पास भएको छ । सेन्सरले चलचित्र ‘ठमेल डटकम’लाई ‘पिजी सर्टिफिकेट’ दिएको छ ।

कात्तिक ५ गते मोफसल र ६ गते राजधानी भित्र प्रदर्शन हुन लागेको यो चलचित्र १६ वर्ष भन्दा मुनिका दर्शकलाई अभिभावकको साथमा हेर्नु पर्ने छ । चलचित्र ‘ठमेल डटकम’ मा समावेश द्धन्द्धका दृश्यलाई आधार मान्दै सेन्सर वोर्डले पिजी सर्टिफिकेट दिएको चलचित्रका निर्देशक राजकुमार शर्माले जानकारी दिए ।

उद्धव पौड्यालको प्रस्तुति रहेको यो चलचित्रमा अनुपविक्रम शाही, प्रमोद अग्रहरि, नरेन खड्का, नीता पोखरेललगायतका कलाकार रहेका छन् । निकिता पौडेल, निरज पौडेल र निरक पौडेलको निर्माण रहेको यो चलचित्रमा ब्रजेश खनालको आलेख, राजुविक्रम थापाको छायांकन, कविराज गहतराज र गोविन्द राईको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu