हङ्कङ्मा ‘अझै पनि’ शो सम्पन्न



Ajhai-Pani-HK-1
अमेरिकामा प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘अझै पनि’ हङ्कङ्मा पनि प्रदर्शन गरिएको छ । नेपाली समाजको लागि हङ्कङ् सरकारको परियोजना तथा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको हङकङ एकिकृत नेपाली समाज (हिन्स)ले हङ्कङ्मा चलचित्र प्रदर्शन गरेको हो ।

Click Here to Watch Entertaining Videos
चलचित्र प्रदर्शनको लागि निर्माता पुनम गौतम हङ्कङ् पुगेकी थिइन् । निर्माता गौतमका अनुसार अत्यन्तै सफल रुपमा ‘अझै पनि’ प्रदर्शन भएको छ । उनका अनुसार करिव ४०० जना नेपालीको उपस्थितीमा चलचित्र प्रदर्शन गरिएको थियो ।

स्व. निर्देशक आलोक नेम्बाङ्द्वारा निर्देशित ‘अझै पनि’बाट सुरुवात गरी हिन्सले हङकङमा प्रत्येक महिना नेपाली चलचित्रको प्रदर्शन गर्ने जमर्को गरेको छ । हिन्सले यो चलचित्र प्रदर्शन हङकङेली नेपाली युवाहरूको संस्था युनाईटेड नेप्लिज एसोसियसनसँग सहकार्य गरेर गरेको हो ।

काठ क्षेत्रको मौलिक कथामा बनेको ‘अझै पनि’मा सुदर्शन थापा, सुरक्षा पन्त, पुजा शर्मा, प्रमिला खनाल, पुष्प खड्का, विशाल ढुंगाना, बिपना धिमाल, मिथीला शर्मा, विजय लामा लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu