नेपाली लघुचलचित्र ‘होक्से’ ‘साउथ एसियन फिल्म फेस्टिभल‘मा प्रदर्शन हुने भएको छ । फेस्टिभलमा अक्टुबर १८ तारिखको दिन सिफ फिल्म सेन्टरमा प्रदर्शन हुनेछ ।
Click Here to Watch Entertaining Videos
यसअघि चलचित्र ‘बितेका पल’ बनाएका क्रिश रिजालको निर्माण तथा सयौँ म्यूजिक भिडियो तथा केहि चलचित्र निर्देशन गरेका प्रसन्न पौडेलको निर्देशनमा बनेको यो चलचित्र ७ मिनेट अवधिको छ । निर्माता रिजालका अनुसार सत्य घट्नामा आधारित भएर निर्माण भएको कारण चलचित्र ‘होक्से’ साउथ एसियन फिल्म फेस्टिभलमा प्रदर्शन हुन लागेको हो ।
यो चलचित्रमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ मुख्य भुमिकामा रहेका छन् । यस चलचित्र काभ्रे जिल्लाको होक्से गाउँको घटनासँग सम्बन्धित रहेको छ । त्यहाँका बासिन्दा ठगी र वाध्यताका कारण आफ्नो मृगौला बेच्न बाध्य भएको कथा यस चलचित्रले उठाएको छ ।
यस चलचित्रमा आर्यन र नम्रतासँगै प्रेम बानियाँ, मधु न्यौपानेको प्रमुख भूमिका रहेको छ । यस चलचित्रको कथा नायिका केकी अधिकारीका भाई बिम्ब अधिकारीले तयार पारेका हुन् भने परिकल्पना र निर्देशन प्रसन्न पौडेलको रहेको छ ।