‘कबड्डी कबड्डी’को हिट गीत (लिरिकल भिडियो)



hit-geet
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’को ‘हिट गीत’को बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतको रचना एवम् संगीत कालीप्रसाद बाँस्कोटाले तयार पारेका हुन् ।

Click Here to Watch Entertaining Videos
रामबाबु गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । चलचित्रको निर्माण सुनिलचन्द रौनियार र रौनकविक्रम कँडेलले गरेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता निश्चल बस्नेत हुन् भने ओमचन्द रौनियार र अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेको छ । यो चलचित्र मंसिर ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

यस्तो छ गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu