सोनाक्षीले कमाएको पैसा बुबाआमालाई



Sonakshi-Sinha-thuloparda-dot-com
पछिल्लो समय सफल बलीउड चलचित्र पस्किरहेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफुले कमाएको पैसा आफैँसँग कहिले पनि राख्दिनन् । एक अन्तरवार्तामा पत्रकारले ‘तपाईले चलचित्र अथवा अन्य कामहरुबाट आएको पैसा के गर्नुहुन्छ’ ? भनेर सोधेको प्रश्नको उत्तर दिदै सोनाक्षाी भन्छिन् ‘बुबाआमालाई दिन्छु’ ।

Click Here to Watch Entertaining Videos
सोनाक्षीले अगाडी भनिन्, ‘मेरो पहिलो कमाइ तीन हजार रुपैयाँको चेक थियो । त्यो पाएर म अत्यन्त खुसी भएँ । त्यो चेक लगेर मैले बुबाआमालाई दिएँ । त्यसपछि म झन् खुसी भएँ ।’ सोनाक्षीले त्यो पहिलो चेक बुबाआमालाई दिँदाको खुसीले त्यसपछि सधैँ बुबाआमालाई चेक दिएको बातएकी छिन् । ‘दबंग चलचित्रका लागि मैले पाएको पारिश्रमिक पनि मैले बुबाआमालाई दिएँ, केही रकम च्यारिटीलाई पनि गयो,’ सोनाक्षीले भनेकी छिन्, ‘जब मलाई पैसा जरुरत पर्छ, म कुनै संकोचविना बुबाआमासँग माग्छु ।’

सोनाक्षी पछिल्लो समय एक चलचित्र खेलेबापत ४ देखी ५ करोडसम्म लिने गर्छिन । हाल सोनाक्षी चलचित्र ‘फोर्स २’ को छायांकनमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu