‘चकलेट’ सबैले हेर्न पाउने



poojana-stri1
मंसिर १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चकलेट’ सेन्सर पास भएको छ । चलचित्रले ‘यु’ सर्टिफिकेट पाएको छ ।

Click Here to Watch Entertaining Videos
‘यु’ सर्टिफिकेट पाएसँगै अब यो चलचित्र सबैबर्गका दर्शकहरुले हेर्न पाउने छन् । चलचित्रकी नायिका तथा निर्मात्री समेत रहेकी पूजना प्रधानका अनुसार चलचित्र चकलेटले सडक बालबालिकाको कथालाई उठान गरेका कारण सेन्सर बोर्डका सदस्यहरुले पनि चलचित्र निकै मनपराएको बताइन् । चलचित्रको कथा नायक प्रधानले नै तयार पारेकी हुन् ।

हाँस्य कलाकार निर्मल शर्मा निर्देशित चलचित्र चकलेटमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ । चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu