‘डि सिने अवार्ड’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक (सूचीसहित)



lg-d-cine-awards
ठुलोपर्दा डटकम, काठमाण्डौ।
विगत सात वर्षदेखी नियमित रुपमा आयोजना हुँदै आएको एलजी ‘डि’ सिने अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । यसै वर्षदेखी नेपालकै उच्च औधोगीक संस्था सिजीसँग सहकार्य गर्दै डि सिने अवार्डबाट एलजी डी सिने अवार्ड ०७२ भएको यो अवार्ड मंसीरमा आयोजना गरीने आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले वताएका छन् ।

Click Here to Watch Entertaining Videos
०७१ सालभरी प्रदर्शनमा आएका चलचित्रहरु प्रतिस्पर्धा गर्न पाइने यो अवार्डमा प्रतक्ष्य तथा अप्रतक्ष्यगरी करीव ३५ विधामा अवार्ड प्रदान गरीने छ । साथै सो अवसरमा चलचित्र पत्रकारीता पुरस्कार, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड, जुरी अवार्ड लगायतका सम्मान सहितका पुरस्कार एवं सम्मानहरु हुनेछन् । कार्यक्रममा क्रिटिक्स अवार्डको रुपमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता एवं उत्कृष्ट चलचित्रलाई पनि अवार्ड प्रदान गरीनेछ ।

एलजी डी सिने अवार्ड ०७२ मा २०७१ सालभरी प्रदर्शनमा आएका ८२ चलचित्र मध्ये अधिकांश चलचित्रले भाग लिएको बताइएको छ । एलजि डी सिने अवार्ड ०७२ मा प्रसिद्ध लेखक तथा निर्देशक मोहन निरौला, वरीष्ठ संचारकर्मी एवं निर्देशक विजयरत्न तुलाधर, आधुनिक संगीतका चर्चित एवं प्रतिष्ठित संगीतकार सन्तोष श्रेष्ठ, नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखिया जुरीका रुपमा रहेका छन् । कार्यक्रमको मिति भने वर्तमान विषम परिस्थितिका कारण तोकीएको छैन ।

एलजी डी सिने अवार्ड ०७२ को उत्कृष्ट ५ मनोनयन यस प्रकार रहेका छन् :-
एनिमेशन-ग्राफिक्स
१. अक्की शर्मा – सत्यम राणा — माला
२. अच्यूत गजुरेल — भीमदत्त
३. अनुपम शाह÷अक्की शर्मा — हँसीया
४. राजेश शाह — आवरण
५. सिमोस सुनुवार — मिसन पैसा रिलोडेड

उत्कृष्ट श्रृंगार
१. अमृत मरहठ्ठा — टलकजंग भर्सेज टुल्के
२. दीपु पौडेल — माला
३. शंकर थापा — सेतोबाघ
४. श्याम लामा – झीग्राना
५. सरोज पाण्डे — कोहीनुर

उत्कृष्ट ध्वनी मिश्रण
१. अमित श्रेष्ठ — लभ यू बाबा
२. उत्तम न्यौपाने — कबड्डी
३. दीप तुलाधर — नोभेम्वर रेन
४. मुकेश शाह — सेतोबाघ
५. मुकेश शाह — हवल्दार सुन्तली

उत्कृष्ट पार्श्र्व संगीत
१. एलिश कार्कि — भिमदत्त
२. एलिस कार्कि — सेतो बाघ
३. जुगल डंगोल — वल्र्ड कप इन नेपाल
४. झलक संगीतम् — सुनपानी
५. मोहित मुनाल — बिर्खेलाई चिन्छस्

उत्कृष्ट द्वन्द्व निर्देशक
१. अष्ट महर्जन — टलकजंग भर्सेज टुल्के
२. चन्द्र पन्त — हवल्दार सुन्तली
३. राजकुमार उप्रेति — हँसिया
४. राजेन्द्र खड्की — कोहीनुर
५. हिमाल के.सी. — किल्ला

उत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराज — घण्टी बज्यो — हवल्दार सुन्तली
२. गम्भिर विष्ट — विर्खेलाई चिन्छस् — विर्खेलाई चिन्छस्
३. गम्भिर विष्ट — सुन्दर छ यो दुनियाँ — लभ यू बाबा
४. बसन्त श्रेष्ठ — के म तिम्रो हैन र — कोहिनुर
५. हिमग्याप लामा टासी — वारी डाडा कुहिरो — भिमदत्त

उत्कृष्ट गीतकार
१. अर्जुन पोखरेल — तिम्रो आँखामा — स्टूपिड मन
२. किरण खरेल — मान्छेले मान्छेलाई — लज्जा
३. कृष्णहरी बराल — के म तिम्रो हैन र — कोहीनुर
४. बिकाश आचार्य — यो मन बरु— नाइ नभन्नु ल –३
५. रवि कार्की — टुट्यो मुटु — यो कथा हो तिम्रो मेरो

उत्कृष्ट गायिका
१. अञ्जु पन्त — हे लोग्ने मान्छे — लोग्नेमान्छे
२. माण्डवी त्रिपाठी — मात लाग्यो — लज्जा
३. मेलीना राई — कम्मर माथी पटुकी—नाइ नभन्नु ल –३
४. रजनी रीमाल — यो मन बरु — नाइ नभन्नु ल –३
५. सहिमा श्रेष्ठ — तिम्रो डोला — हवल्दार सुन्तली

उत्कृष्ट गायक
१. युवराज चौलागाई —नोवेम्वर रेन —तिमीलाई के भनु
२. राजेशपायल राई — ठूली — मत मर्छुकी क्याहो ठूली
३. शिव परीयार — लज्जा — मान्छेले मान्छेलाई
४. सन्तोष लामा — आभाष — तिम्रो तस्वीर मलाई
५. स्वरुपराज आचार्य —स्टुपीड मन— तिम्रो आँखामा

उत्कृष्ट संगीतकार
१. अर्जुन पोखरेल — तिम्रो आँखामा — स्टुपिड मन
२. चेतन सापकोटा — मात लाग्यो — लज्जा
३. दीपक शर्मा— तिम्रो डोला डोला — हवल्दार सुन्तली
४. बसन्त सापकोटा—कम्मरमाथी पटुकी—नाइ नभन्नु ल –३
५. शम्भुजित बास्कोटा — के म तिम्रो हैनर — कोहिनुर

बालकलाकार
१. अनुभव रेग्मी — नाइ नभन्नु ल – ३
२. कञ्चन ठकुरी — ठूली
३. संगम विष्ट — लभ यू बाबा
४. सफला भट्टराई — नाइ नभन्नु ल – ३
५. संयुक्त श्रेष्ठ — पुनर्जन्म

उत्कृष्ट नव–नायिका
१. अकेशा विष्ट — जिन्दगी रक्स्
२. आना शर्मा — जेरी
३. आश्मा डिसी — आभाष
४. रिश्मा गुरुङ्ग — कवड्डी
५. शिल्पा पोखरेल — लज्जा

उत्कृष्ट नव–नायक
१. प्रदीप खड्का — स्केप
२. रवि कार्की — यो कथा हो तिम्रो मेरो
३. संजोग कोइराला — उत्सब
४. सुदर्शन थापा — अझै पनि
५. सौरमराज तुलाधर — जिन्दगी रक्स

उत्कृष्ट नव–निर्देशक
१. अराजकेशव गीरी — विर्खेलाई चिन्छस्
२. भुपाल सिंह वबी — माला
३. मुस्कान ढकाल — नाइ नभन्नु ल –३
४. सजन श्रेष्ठ — पुनर्जन्म
५. सुरेन्द्र पौडेल — आभाष

उत्कृष्ट खलपात्र
१. अनुप विक्रम शाही — हँसिया
२. आमिर गौतम — मिसन पैसा रिलोडेड
३. ध्रुव कोइराला — हवल्दार सुन्तली
४. प्रिंयका कार्की — षडङ्ग
५. रमेश बुढाथोकी — भीमदत्त

चरित्र अभिनेत्री
१. तारा केसी — सुनपानी
२. मिथीला शर्मा — कोहीनुर
३. रुपा राना —यो कथा हो तिम्रो मेरो
४. लक्ष्मी गीरी — भुलभुलैया
५. सुर्यमाला खनाल — सुन्तली

उत्कृष्ट चरित्र अभिनेता
१. अमितेष शाह — नोभेम्बर रेन
२. ओम प्रतिक — यो कथा हो तिम्रो मेरो
३. नारायण पुरी — एउटा साथी
४. विजय लामा — अझै पनि
५. सविन बास्तोला — सुनपानी

उत्कृष्ट सह–अभिनेत्री
१. करीष्मा श्रेष्ठ — एउटा साथी
२. छुल्ठीम डोल्मा गुरुङ्ग — नोभेम्वर रेन
३. निशा अधिकारी — आभाष
४. सुमिना घिमिरे — माला
५. सुरक्षा पन्त — अझैपनि

उत्कृष्ट सह–अभिनेता
१. गजीत विष्ट — पुनर्जन्म
२. निरज बराल — स्टूपिड मन
३. सलोन बस्नेत — आभाष
४. सुमन सिंह — यो कथा हो तिम्रो मेरो
५. सोहित मानन्धर — भुल भुलैया

उत्कृष्ट कथा
१. आकाश अधिकारी — कोहीनुर
२. गजित विष्ट — लभ यू बाबा
३. रामशरण पाठक — वल्र्ड कप इन नेपाल
४. विकाश आचार्य — नाई नभन्नु ल –३
५. सविन बास्तोला — सुनपानी

उत्कृष्ट पटकथा
१. छेतेन गुरुङ्ग — नोभेम्बर रेन
२. यम सुब्बा÷विशाल सुब्बा — कोहीनुर
३. रामबाबु गुरुङ्ग÷उपेन्द्र सुब्बा — कबड्डी
४. रामशरण पाठक — वल्र्ड कप इन नेपाल
५. विकाश आचार्य — नाइ नभन्नु ल –३

उत्कृष्ट सम्वाद
१. जगदीश्वर थापा — विर्खेलाई तिन्छस्
२. रामबाबु गुरुङ्ग — कबड्डी
३. रामशरण पाठक — वल्र्ड कप इन नेपाल
४. विकाश आचार्य — नाइ नभन्नु ल –३
५. सामिप्य तिमील्सीना — नोभेम्वर रेन

उत्कृष्ट सम्पादन
१. अर्जुन जी सी — नाई नभन्नु ल –३
२. निमेश श्रेष्ठ — कबड्डी
३. राजु भण्डारी — वल्र्ड कप इन नेपाल
४. वनिष शाह — कोहिनुर
५. सुरेन्द्र शाह — नोभेम्वर रेन

उत्कृष्ट छायाँकार
१. पुरुषोत्तम प्रधान — नाइ नभन्नु ल –३
२. राजेश श्रेष्ठ — नोभेम्वर रेन
३. शेर बहादुर लामा — टलकजंग भर्सेज टुल्के
४. शैलेन्द्र डी कार्की — जेरी
५. संजय लामा — सेतोबाघ

उत्कृष्ट अभिनेत्री
१. नम्रता श्रेष्ठ — नोभेम्वर रेन
२. नीता ढुंगाना — भुलभुलैया
३. प्रियंका कार्की — नाइ नभन्नु ल –३
४. प्रियंका कार्की — सुन्तली
५. सुमिना घिमिरे — भीमदत्त

उत्कृष्ट अभिनेता
१. आर्यन सिग्देल — नाइके
२. आर्यन सिग्देल — नोभेम्वर रेन
३. जीवन लुइटेल — स्टुपीड मन
४. दयाहाङ राई — कबड्डी
५. सविन श्रेष्ठ — हवल्दार सुन्तली

उत्कृष्ट निर्देशक
१. आकाश अधिकारी — कोहीनुर
२. दीनेश राउत — नोभेम्वर रेन
३. निश्चल बस्नेत — टुल्के
४. रामबाबु गुरुङ — कबड्डी
५. रामशरण पाठक — वल्र्डकप इन नेपाल

उत्कृष्ट चलचित्र
१. कवड्डी – ब्याकहर्स पिक्चर्स
२. कोहीनुर – नेपा मूभिज
३. टलकजंग भर्सेज टुल्के – षटकोण फिल्म्स
४. नाई नभन्नु ल – ३ – वान टाइम सिनेमा
५. नोभेम्वर रेन – सुवास इन्टरटेन्टमेन्ट/आर्यन सिग्देल इन्टरटेन्टमेन्ट

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu