पौष १० बाट सलोन र रिस्ताको “आधा पेज”



aadha-page-release-date
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र “आधा पेज” पौष १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । बिहिबार एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन र चलचित्रका निर्माता लीला बहादुर न्यौपाने बिच चलचित्रलाई एफडी कम्पनी मार्फत प्रदर्शन गर्ने सम्झौता अनुरुप चलचित्र “आधा पेज” पौष १० गतेबाट देशव्यापी प्रदर्शनमा ल्याउने निर्णय भएको छ ।

Click Here to Watch Entertaining Videos
निर्देशक समुन्द्र भट्टद्धारा निर्देशित चलचित्र “आधा पेज”मा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ । चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ ।

परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu