ब्रासलेटको गीतमा पशुपति, रमेश र रजनी नाचे छमछमी (भिडियो)



braclet-new-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता केशव भट्टराइले निर्माण गरेको चलचित्र ‘ब्रासलेट’को ‘मै नाचे…’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पशुपति शर्मा र टिका पुनको स्वर रहेको छ ।

पश्चिमेली भाकामा तयार भएको उक्त गीतको शब्द संगीत दिपक शर्माको रहेको छ । रमेश उप्रेती र रजनी केसीको अभिनय रहेको गीतमा गोबिन्द राईको कोरियोग्राफी रहेको छ । चलचित्रमा रमेश उप्रेती, नम्रता सापकोटा, रजनी केसी, रितिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाज लगायतका कलाकारको अभिनय रहेको छ ।

यस अघि चलचित्र चकलेटको निर्देशन गरीसकेका निर्देशक निर्मल शर्मा ‘गैँडा’ले यो चलचित्र निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu