फेरी रोकियो कलाकार संघको निर्वाचन



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र कलाकार संघको २१ कात्तिकको निर्वाचन पुन: स्थगित भएको छ। नयाँ कार्यसमितिका लागि शनिबार उम्मेदवारी दर्ताको तयारी भइरहेका बेला सदस्यताको विवाद बढेपछि पुन निर्वाचन स्थगित गरिएको बताइएको छ ।

कलाकार संघको निर्वाचन यो दोस्रो पटक स्थगित भएको हो । अर्को निर्वाचन आगामी २६ मंसिरमा गरिने निर्णय भएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिन शनिबार संघको कार्यालयमा महासचिव रामकेशर बोगटी कलाकारहरू लय संग्रौला र विशाल विष्टका साथ आएका थिए । तर, आफूहरूको मतदान अधिकारबारे निर्णय नगरेसम्म निर्वाचन रोकिनुपर्ने अडान नयाँ सदस्यहरूले लिएकाले एक सातापछिको निर्वाचन स्थगित भएको हो ।

यसअघि यस्तै विवाद बढेपछि २३ भदौको निर्वाचन स्थगित गरेर २१ कात्तिकमा नयाँ मिति तोकिएको थियो । कलाकार संघमा अहिले २ सयजना आजीवन सदस्य र करिब १ सय ५० जना साधारण सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu