सलमानलाई अदालतको फैसलाको चिन्ता



Salman-Khan-adalat-tens
सन् २००२ को सडक दुघटनामा दोषी ठहर गरिएका बलिउड अभिनेता सलमान खानले आफूलाई अदालतको फैसलालाई लिएर चिन्तित हुने गरेको बताएका छन् । उनी हाल जमानतमा बाहिर छन् ।

एक अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुको जवाफ दिँदै सलमानले भने, ‘के फैसला आउँछ । मेरो र मेरा बाबुआमालाई के हुन्छ भन्ने चिन्ता छ । अहिले मुद्दा मेजिस्ट्रेट अदालतमा नभइ उच्च न्यायालयमा छ । त्यसको फैसला पछि मेरो जीन्दगीमा जस्तो मोड आँउछ, त्यसलाई सामना गर्नेछु ।’

सन् २००२ को सेप्टेम्बर २८ को राति नशा सेवन गरी गाडी चलाउँदा फुटपाथमा सुतिरहेका एकजनालाई किचेको आरोप सलमानविरुद्ध लागेको थियो । उक्त घटनामा अरु चारजना घाइते भएका थिए । यद्यपि, सलमान खानले उक्त समयमा आफूले गाडी पनि नचलाएको र नशा सेवन पनि नगरेको भन्दै सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

सलमानका ड्राइभर अशोक सिंहले पनि अदालतसमक्ष उक्त समयमा गाडी आफैंले चलाएको बयान दिएका थिए । सरकारी वकिलले भने सलमान दुर्घटनालगत्तै भागेको दावी गरेका छन् । सलमानले यस भनाइ पनि अस्वीकार गर्दै आएका छन् । सलमानको अभिनय रहेको प्रेम रतन धन पायो दिपावलीमा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu