कुकुरको लागि डेढ करोडको कार किनिन् यि नायिकाले



maili-sayarasठुलोपर्दा डटकम। अमेरिकन एक्ट्रेस तथा गायिका माइली सायरसलाई आफुले पालेको कुकुरको सबैभन्दा धेरै माया लाग्छ। सायरसले आफ्नो कुकुरलाई अझै मया देखाउन नयाँ तरिका अपनाएकी छिन्। उनले कुकुरकै लागि नयाँ  रेंज रोवर्स स्पोर्ट्स कार किनिदिएकी छिन्।

प्राप्त समाचार अनुसार सायरससँग पाँच कुकुर हैप्पी, बीन, फ्लोएड, मैरी जेन र पेन्नी लैन छन्। यि सवैको लागि उनले  रेंज रोवर्स स्पोर्ट्स कार किनिदिएकी हुन्। समाचारमा बताईएको छ, ‘ पछिल्लो साता उनले आफ्ना लागि केहि सामान किनेकी थिइन्। तर उनैले रेञ्ज रोवरको लागि एक लाख डलर (झण्डै डेढ करोड नेपाली रुपैयाँ) खर्च गरेकी छिन्। उनका कुकुरहरुलाई सायरस आफुले प्रयोग गर्ने कारमा बस्ने अनुमती छैन त्यसैले कुकुरको लागि नयाँ कार किनिएको हो’।

उक्त कारमा यति ठाउँ छ की जसमा पाँच कुकुर आरामसँग खेल्न सक्छन्। कारमा कुकुरको लागि जरूरी सामान पनि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu