‘डक्टर स्ट्रेन्ज’को सुटिङका लागि हलीउड नायक बेनेडिक काठमाडौंमा



benedic
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हलिउड अभिनेता बेनेडिक कम्बरव्याच चलचित्र ‘डक्टर स्ट्रेन्ज’को सुटिङका लागि काठमाडौं आएका छन् । हाल काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र ‘डक्टर स्ट्रेन्ज’को छायांकन नेपाल र बेलायतमा हुन लागेको हो ।

पशुपति क्षेत्रमा खिचिएको बेनेडिकको फोटो सामाजिक सञ्जालमा देखिएको छ । ३९ वर्षीय कम्बरव्याच टीभी शृंखलामा सेर्लक होल्म्स पात्रको लागि चर्चित छन् । उनी सन् २०१४ को चर्चित चलचित्र ‘दी इमिटेसन गेम’ मा पनि खेलेका थिए ।

स्कट डेरिक्सनले निर्देशन गरिरहेको यो सुपरहिरो चलचित्रमा चिवेटेल इजोफोर, म्याड्स मिकेलसनको मुख्य भूमिका छ। हलिउडको मुख्य स्टुडियो वाल्ट डिज्ने मार्भल पिक्चर्स अन्तर्गत चलचित्रलाई निर्माण र वितरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu