‘बागमती’को पहिलो गीत रिलिज (भिडियो)



Bagmati-Song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष २४ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बागमती’को पहिलो गीत रिलिज भएको छ । ‘सानु एक्लै छौ’ बोलको सार्वजनिक गीतमा विश्व नेपालीको आवाज रहेको छ भने विजय सत्यालका शब्द रहेका छन् ।

गीतमा म्युजिक रि-डाइरेक्सन भने ज्योति घिमिरे र श्याम महर्जनको रहेको छ । गीतमा चलचित्रकी नायिका केकी अधिकारी गीतार बजाएको देख्न सकिन्छ । चलचित्रमा कञ्चन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रलाई साउथ ईन्डियन निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् । चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ । यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीद्वारा निर्मित ‘बागमती’ अन्तराष्ट्रिय स्तरको गुणस्तरीय चलचित्र बनेको चलचित्र युनिटको दाबी छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu