‘लुटेरा’मा निखिलको एक्सन अवतार



lootera-pres
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कात्तिक २५ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लुटेरा’को निर्माण यूनिटले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।

प्रदर्शनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, अनुभव रेग्मी, चलचित्रका निर्देशक दयाराम दाहाल, चलचित्रका प्रस्तुतकर्ता गोपाल कायस्थ लगायत उपस्थित भएका थिए । चलचित्रबारे बोल्दै चलचित्रका नायक निखिल उप्रेतीले चलचित्र ‘लुटेरा’ एक्शन प्रधान रहेको बताए ।

त्यस्तै चलचित्रका प्रस्तुतकर्ता गोपाल कायस्थले निखिलको एक्सन अवतारले दर्शक हलसम्म तानिने विश्वास व्यक्त गरे । सोहि क्रममा चलचित्रका निर्देशक दयाराम दाहालले राम्रो टिमसँग काम गरेकाले चलचित्र दर्शकहरुले सोचेअनुरुपको बनेको दाबी गरे । त्यस्तै चलचित्रका कलाकार सविन श्रेष्ठ, निशा अधिकारीले पनि चलचित्र उत्कृष्ट बनेको बताएका थिए ।

चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी, अमित श्रेष्ठ, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ । गोपाल कायस्थको प्रस्तुति रहेको चलचित्र लुटेरालाई बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।

शिव ढकालको छायांकन, मौनता श्रेष्ठको लेखन, बसन्त सापकोटा र अर्जुन पोखरेको संगीत, राजु शाह, कविराज गहतराज, रामजी लामिछाने नुत्य र हिमाल के.सी.को एक्शन रहेको यस चलचित्रको काठमाडौं र विरगञ्जमा छायांकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu