‘धौली’को ‘भाँजो हाल्यो पिरतीले’ (भिडियो)



Dhauli-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
घनश्याम लामिछानेको निर्देशनमा पोखराबाट निर्माण भएको नेपाली कथानक चलचित्र ‘धौली’को ‘भाँजो हाल्यो पिरतीले’ बोलको गीत सार्वजनिक भएको छ । तारा मिश्रको आवाज रहेको गीतमा इन्टरटेन्मेन्ट व्याण्डको गीत र संगीत रहेको छ ।

पुष १० गते उपत्यका बाहिर र पुष १७ गते उपत्यका भित्र प्रदर्शन हुने यो चलचित्र स्पाईनी व्याव्लर क्रियसनको व्यानरमा निर्माण भएको हो । चलचित्रमा गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, गीता अधिकारी, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, तेज गिरी, शम्भु थापा, निशा नेपाल, राजकुमार गुरुङ्ग र अशोक गुरुङ्ग आदीको अभिनय रहेको छ ।

चलचित्रको निर्मातामा सन्तोष आत्रेय र नरवहादुर गोदार, छायंकन दिव्यराज सुवेदी, द्वन्द्व रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन डिजाईन शंकर पाण्डे, कथा सन्तोष आत्रेय, पटकथा संवाद शम्भु थापा र सन्तोष आत्रेय, सम्पादन दिर्घ खड्का, पार्श्र्व संगीत जेशन कुवँर, साउण्ड मिक्सीङ्ग उत्तम न्यौपाने र प्रचारप्रसार क्रियटिभ कुची लगाएतका रहेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu