अब आउने छैन ‘तितो सत्य’



tito-satya
ठूलोपर्दा डटकम, काठमाण्डौ।
छ सय भाग सफलता पूर्वक सम्पन्न गरेको हाँस्य टेलिसिरियल ‘तितो सत्य’ अब प्रशारण नहुने भएको छ । ‘तितो सत्य’का निर्देशक एवं निर्माता दिपकराज गिरीले दिएको औपचारिक जानकारी अनुसार अब नेपाल टेलिभिजनबाट तितो सत्य प्रशारण हुने छैन ।

उनले आफ्नो आधिकारी फेसबुक स्टाटस हाल्दै भनेका छन्, ‘पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने, नयॉ बिषय बस्तु नआउने र बिभिन्न बाधाहरू बिच दर्शकहरूको चाहनालार्इ सम्बोधन गर्न नसकिएको अवस्थालाइ विचार गर्दा जबरजस्ती कार्यक्रमलार्इ टिकाइ रहनु भन्दा पछाडी हटनु नै उपयुक्त ठानी १२ बर्षे यात्रालाइ पूर्ण बिराम दिने निर्णय गरेको छौँ । यो लामो समय साथ दिने आदरणिय दर्शक, नेपाल टेलिभिजन, सोम दार्इ, मिडिया हब, कलाकार टेक्निसियन लगायत सम्पूर्ण बिज्ञापनदाताहरूमा ह्दय देखि धन्यबाद दिन चाहन्छौ । कुनै पनि बिश्राम शक्ति संचयका लागि हुनु पर्छ अतः यो पनि छोटो बिश्राम मात्रै हो । तीतो सत्य यूनिटले दर्शकहरूमाझ सबै हास्य कलाकारको सहयोगमा छ एकान छ र वडा नम्बर छ जस्ता चलचित्र पनि नयॉ सोचकै कारण निर्माण गर्न सफल भयो । अतः भबिष्यमा पनि फेरी नयॉ सोचका साथ हास्य धारावाहीक तथा चलचित्र निर्माणलाइ निरन्तरता दिने नै छ । दर्शकको माया निरन्तर पाउने आशा भरोसा सधै झै मनमा सॉचेर बिदा हुँदैछौं । हॉस खेल गर्दैमा छूटिने बेला भो आजको दिनैमा, जय नेपाल ।’

त्यस्तै तितो सत्यसँगै जिरे खोसार्नी, मेरी बास्सै पनि बन्द हुने तयारीमा रहेको स्रोतले बताएको छ । मिडिया हबसँगको आन्तरिक किचलोका कारण यि हाँस्य टेलिसिरियलहरु बन्द हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu