घाटु नाच्ने केटीको कथामा ‘टिस्टा पारीको साइनो’



tista
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘टिस्टा पारीको साइनो’को यति बेला प्रचार प्रसार आक्रमक बन्दै गएको छ ।

खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको चलचित्रले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ । यो चलचित्रमा खिलबहादुर गुरुङ, अनिता गुरुङ, अमिर, गजेन्द्र, टीकाराम घले, सिता गुरुङ लगायतका कलाकारका साथमा बालकलाकार सुधन गुरुङले अभिनय गरेका छन् ।

चलचित्रमा एके गुरुङ र रोजर गुरुङको लगानी रहेको छ । चलचित्रमा आँसु लामा र निराजन लामाको संगीत रहने छ भने पाश्र्व संगीत एलिस कार्कीको रहेको छ । यो चलचित्रले एउटा घाटु नाच्ने केटीको कथा उठान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu