भारतको भर नपर भन्दै कलाकारले दिए चाइना जान सुझाव (भिडियो)



china
ठुलोपर्दा डटकम, काठमाण्डौ।
असोज ३ गते नेपालमा संविधान जारी भएपछि भारतले नेपालमा गरिरहेको अघोषित नाकाबन्दीले यति बेला नेपालीहरुको जनजीवन अस्तव्यस्त बनाएको छ । इन्धन, औषधि लगायतका अत्यावश्यक सामग्रीहरु बन्देज लगाएर भारतले नेपाली जनतामाथी तुषारापात गरिरहेको छ ।

यसको विरोधमा नेपालीहरु सडक देखी संसदसम्म तात्दा पनि भारतले भने नाकाबन्दी खोल्ने कुनै संकेतसम्म देखाएको छैन । यसै क्रममा संगीत क्षेत्रमा लागेका केहि कलाकारले नेपाल सरकारलाई ‘भारतको भर नपरौँ चाइना तिर जाम’ भन्दै गीत मार्फत सुझाव दिएका छन् । युवराज छन्त्याल, राधिका हमाल र देविका के.सी.को स्वर रहेको यस गीतलाई युवराज छन्त्यालले लेखेका हुन् ।

मंगल वि.क.को संगीत रहेको यस गीतको भिडियोलाई शिवन पोखरेल र इश्वर वल्लभ उप्रेती निर्देशन गरेका छन् । कतार तथा नेपालमा रहेका चर्चित कलाकारहरु शंकर वि.सी., निरु खड्का, शिवन पोखरेल, इश्वर उप्रेती, केशव भट्टराई लगायत दर्जनौँ कलाकारहरुले गीतमा अभिनय गरेका छन् । भिडियोलाई अजय रेग्मीले छायाकंन गरेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu