ठुलोपर्दा डटकम, काठमाण्डौ।
झण्डै तिन महिनादेखी भारतले नेपालमा गरिरहेको नाकाबन्दीको विरोध गर्दै नेपालका चलचित्रकर्मीहरु सडकमा उत्रिएका छन् । चलचित्रकर्मीहरुले सुरु गरेको ‘राष्ट्रिय जागरण अभियान’ मार्फत नेपालका चलचित्रकर्मी सडकमा उत्रिएका हुन् ।
मंगलबार काठमाण्डौको रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको र्याली भद्रकाली, न्यूरोड, इन्द्रचोक हुँदै जमल पुगेर सकिएको थियो । र्यालीमा कोमल वली, बद्री पंगेनी, दीपकराज गिरी, बसुन्धरा भुसाल, सिराताम कट्टेल (धुमुर्स), कुञ्जना घिमिरे (सुन्तली), शिवहरि पौडेल, किरण केसी, अशोक शर्मा, करिश्मा मानन्धर, भुवन चन्द, रमेश बुढाथोकी, रमेश उप्रेती, नवल खड्का, रेजिना उप्रेती, हरिहर शर्मा, केपी पाठक, टिका भण्डारी, अरुण रेग्मी, आरपी पन्त लगायत उपस्थित भएका थिए ।
चलचित्रकर्मीहरु, नाट्यकर्मीहरु, संगितकर्मीहरु, संचारकर्मीहरु, पेशागत संघसंस्थाहरु, विद्यार्थी र राजनीतिक कार्यकर्ता तथा आम देशभक्त नागरिकहरुको सहभागीतामा निकालिएको र्यालीमा चलचित्रकर्मीले नाकाबन्दी लगाउन पाइदैन, हाम्रो स्वतन्त्रता हाम्रो अधिकार लगायत लेखिएको प्लेकार्ड र ब्यानर बोकेका थिए । र्यालीमा सहभागी चलचित्रकर्मीहरुले मधेस समस्या समाधान गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न पनि माग गरेका थिए ।