सलमानकी हिरोइन हट अवतारमा



jaqlin
बलीउड अभिनेत्री ज्याकलिन फर्नाडेजले फिल्मफेयर म्यागेजिनका लागि हट फोटो सुट गराएकी छिन् । म्यागेजिनका लागि निकै फोटो शुट गरेकी ज्याकलिनले भावी योजना र नयाँ फिल्मको वारेमा पनि खुलेर कुरा गरेकी छिन् ।

फिल्मफेयरको डिसेम्बर अंकका लागि फोटो सेसन गराएकी ज्याकलिनले समुद्रमा डुंगामाथि हट पोज दिएकी छिन् । कुनै वेला अभिनेता सलमान खानसँग जोडिएकी ज्याकलिन अहिले एक्लै छिन् । सलमान खान अभिनित चलचित्र किकबाट बलीउड चलचित्रमा राम्रै छाएकी ज्याकलिन र सलमानबिच अफयेरको चर्चा पनि चलेको थियो तर अहिले ज्याकलिन एक्लै छिन् ।

किकपछि सलमानले मेरो जिन्दगी नै बदलिदिए भन्ने ज्याकलिन अहिले विभिन्न चलचित्रको छायांकनमा व्यस्त छिन् । चलचित्र किक सफल भएपछि ज्याकलिनको जीवनमा राम्रै लक लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu