‘क्लासिक’को ‘हारें हारें’ (लिरिकल अडियो बक्स)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि दिन अगाडी फष्र्टलुक सार्वजनिक गरिएको चलचित्र ‘क्लासिक’को ‘हारें हारें’ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । यूवराज चौलागाँइको स्वर, ताराप्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको गीतको अडियो सार्वजनिक गरिएको हो ।

वियोगान्त शैलीको यो गीतको शब्द, संगीत र गायकीले मन छुने विश्वास संगीतकार ताराप्रकाश लिम्बुको छ । चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरिएको चलचित्र ‘क्लासिक’ माघ २९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा देखिनेछन् ।

चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । शान थापाको सहनिर्देशन, एसोसियट निर्देशक विकास सुवेदी र मुख्यसहायक निर्देशक दिनेश रावत रहेको चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् ।

लिरिकल अडियो बक्स:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu