चलचित्र सुरु गर्नुभन्दा अगाडी चलचित्रहलले राष्ट्रिय गान बजाउनु पर्ने



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र क्षेत्रको विकास प्रवद्र्धन एवं विस्तार गर्न गठित चलचित्र विकास बोर्डले चलचित्रहलहरुमा चलचित्र सुरु हुनु पुर्व राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका अध्यक्ष राजकुमार राईले एकता र राष्ट्रियताको सन्देश प्रवाह गर्ने सन्दर्भमा नेपालभरका सबै चलचित्रघरहरूमा चलचित्र प्रदर्शन शुरु हुनु अगावै राष्ट्रिय गान बजाउने चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ९ को उपदफा (२) मा भएको व्यवस्था बमोजिम बोर्डले 2K तथा MPEG भर्सनमा राष्ट्रिय गानको श्रव्यदृश्य सामाग्री निर्माण गरीदुई साता भित्र नेपाल चलचित्र संघ तथा चलचित्र हलहरुमा उपलब्ध गराउने तथा कार्यन्वयनका लागि पत्राचार गर्ने बताए ।

त्यस्तै स्वदेशी फिल्मको शेयर बाँडफाँडको सम्बन्धमा पनि वोर्डले नयाँ नीति ल्याएको छ । केही मल्टिप्लेक्स हलहरुले शेयर बाँडफाँडमा विभेद देखाएको पाइएको र अब उप्रान्त हरेक मल्टिप्लेक्स हलहरुबाट निर्माताले पहिलो साता ५० प्रतिशत, दोश्रो साता ४२.५ प्रतिशत, तेश्रो साता ३७.५ प्रतिशत र त्यस उप्रान्त ३० प्रतिशतका दरले शेयर बाँडफाँड गर्ने सहमती भएको अध्यक्ष राईले जानकारी दिए ।

सोहि क्रममा अध्यक्ष राईले स्वदेशी चलचित्रको प्रचार प्रसारका लागि मल्टिेप्लेक्स चलचित्रघरहरुले सोही चलचित्रघरमा प्रदर्शन गरिने चलचित्रको प्रचार प्रसार गर्दा निर्माताहरुबाट अलग्गै शुल्क समेत लिने गरेको सन्दर्भमा नेपाल चलचित्र संघसँग भएको छलफलपछि विकास बोर्डसँग अब उप्रान्त कम्तीमा दुई हप्तासम्मको प्रचार प्रसार निःशुल्क गर्ने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu