‘चकलेट’को रिलिज मिति सार्न पुजनालाई दबाब



ठुलोपर्दा डटकम, काठमाण्डौ।
मंसिर १८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘चकलेट’की निर्मात्री तथा नायिका पुजना प्रधानलाई चलचित्र ‘कबड्डी कबड्डी’ टीमबाट चलचित्रको प्रदर्शन मिति सार्न दबाब आएको छ । नायिका पुजना प्रधानले आफ्नो आधिकारी फेसबुकमार्फत यो कुरा खुलाएकी हुन् ।

पुजनाले फेसबुकमा लेखेकी छिन्-‘ थाहा छ मलाई तपाइहरुको फिल्म धेरै राम्रो छ । तर, मैले पनि नराम्रो चलचित्र बनाएकी छैन । तपाइहरुको ठूलो ब्यानर ठूला-ठूला मान्छे मिलेर बनाउनु भएको धेरै पैसा कमाउन र अझ धेरै धनी हुन । म सानो मान्छे सानो योजनाको लागि फिल्म बनाए । ५० जना असाहय बच्चाहरुको लागि बस्ने, खाने र पढ्ने सुविधा भएको भवन निर्माण गर्न फिल्म बनाए । तपाइहरुको दबाबले फिल्मको प्रदर्शन मिति सर्दैन । तपाईहरु ठुलो ठुलो मान्छे हुनुहुन्छ मलाई केटीमान्छे एक्लै छे भनेर दबाउन नखोज्नुस । मसंग मेरा सारा दर्शक हुनुहुन्छ मेरा सारा फ्यान मेरा सारा शुभचिन्तक हुनुहुन्छ ।’

पूजनाका अनुसार चलचित्रको वितरण संस्था पपर्कनबाट अर्जुन कुमारले फोन गरेर चलचित्रको रिलिज मिति सार्न दबाब दिएका थिए । ‘चकलेट’को प्रदर्शनले ‘कबड्डी कबड्डी’को शो केहि घट्ने भएपछि कबड्डी-कबड्डी टीमबाट यस्तो दबाब आएको धेरैले बताएका छन् । अहिले कबड्डी कबड्डीले काठमाण्डौका मल्टिप्लेक्समा राम्रो व्यापार गरिरहेको छ । सडक बालबालिकाको कथामा निर्माण भएको चलचित्र ‘चकलेट’का काठमाण्डौका मल्टिप्लेक्स सहित २१ वटा हलमा प्रदर्शनमा आउने निर्माता तथा नायिका पूजना प्रधानको भनाई छ ।

हाँस्य कलाकार निर्मल शर्मा निर्देशित चलचित्र चकलेटमा पुजना प्रधान, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu