पुष १० गते काठमाडौं र १७ गते उपत्यकाबाहिर ‘धौली’



Dhauli-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘धौली’ पुस १० गतेबाट प्रदर्शन हुने भएको छ । १० गते उपत्यकाबाहिर प्रदर्शन सुरु हुने धौली पुस १७ गतेदेखि काठमाडौंका हलहरूमा लाग्ने तयारी निर्माण पक्षले गरेको छ ।

पोखराको ‘स्पाइनी ब्याब्लर क्रिएसन’ले निर्माण गरेको घौली सामाजिक कथानक चलचित्र हो । चलचित्रमा लोपोन्मुख कटवाल प्रथा, झाँक्री प्रथा, झारा बोलाउनेजस्ता गाउँघरका क्रियाकलाप समेटिएको छ । कलाकार गीता अधिकारीले चलचित्रमा धौलीको मुख्य भूमिका निर्वाह गरेकी छिन् । अधिकारीबाहेक विष्णु गौतम, प्रकाश घिमिरे, विद्या कार्की, शम्भु थापा, अनु शाह, गजित विष्ट र बाल कलाकार गोपाल भट्टराईलगायतले अभिनय गरेका छन् ।

चलचित्रको निर्मातामा सन्तोष आत्रेय र नरवहादुर गोदार, छायंकन दिव्यराज सुवेदी, द्धन्द रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, नृत्य निर्देशक कविराज गहतराजको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu