फ्राईडे रिलिज: चलचित्र ‘लाटी’ र ‘अग्नि’



sabina
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आजबाट देशभर दुई नेपाली चलचित्र ‘लाटी’ र ‘अग्नि’ प्रदर्शनमा आएका छन् । लागु औषध तस्करी तथा भ्रष्टचार बिरुद्धको आवाज उठान गरिएको चलचित्र अग्निलाई उदय सुब्बाले निर्देशन गरेका हुन् । जयश्री बुढासुब्बा फिल्म्सको ब्यानरमा निर्मित चलचित्र अग्निमा दिलिप रायमाझी, सञ्जय न्यौपाने, रमा लिम्बु, जीवन लिम्बु, भिम केरुङ, उदय सुब्बा आदिको प्रमुख भूमिका रहेको छ ।

चलचित्र मनोरञ्जनका साथै सन्देशमुलक पनि प्रचुर मात्रामा रहेको निर्देशक सुब्बाको दावी छ । भुपेन्द्र लिङ्देनको प्रस्तुती अग्निमा विकाश चौधरीको संगीत, ज्ञानु सुब्बाको नृत्य निर्देशन रहेको छ ।

त्यस्तै योसँगै चलचित्रमा आएको चलचित्र ‘लाटी’ मौलिक कथाबस्तुमा निर्माण भएको चलचित्र हो । यो चलचित्रलाई प्रशन्न रिमाल र शिशिर जय खरेलले निर्माण गरेका हुन् । राज व.सानेको निर्देशन रहेको चलचित्रमा वसन्त सापकोटा र कमलकृष्णको संगित रहेको छ ।”

चलचित्रमा सविना कार्की, रिभल मल्ल, रामचन्द्र अधिकारी, जिके शर्मा, सुवास गजुरेल, नेत्र बिष्ट अनि बालकलाकार सुजल नेपालको अभिनय रहेको छ । लाटी गाँउ समाजमा हुने गरेका विभिन्न घटनाहरुमा आधारित चलचित्र हो । चलचित्रे चेलिबेटी बेचबिखन, बेरोजगारीलगायतका समस्यालाई देखाउन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu