रिस्ता देखेपछि रुपेशको मन किन मान्दैन (भिडियो)



aadha-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यहि शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “आधा पेज”को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो मन मान्दैन’ बोलको सार्वजनिक गीतमा चलचित्रका नायक रुपेश न्यौपाने, नायिका रिस्ता बस्नेतलाई फ़िचरिंग गरिएको छ ।

गीतमा रुपक न्यौपानेको स्वर, शब्द र संगीत रहेको छ भने नृत्य सुदीपको रहेको छ । प्रदर्शनको मिति नजिक आउदै गर्दा चलचित्र युनिट अहिले व्यापक प्रचार प्रसारमा लागेको छ । समुन्द्र भट्टद्वारा निर्देशित चलचित्र “आधा पेज” मा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने, बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।

चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ । परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । रमण गायक र रुपक न्यौपानेको शब्द तथा संगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu