ठुलोपर्दा डटकम, काठमाण्डौ।
बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको उपचारमा चलचित्रकर्मी कल्याण कोषमार्फत आर्थिक सहयोग गरिने भएको छ ।
लामो समय काठमाडौको सिभिल अस्पतालमा उपचारर्थ रहेकी अधिकारीलाई चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले भेटेपछि बोर्डको तर्फबाट पनि सहयोग गर्ने बचन दिएका छन् ।
‘भाउजु’, ‘स्वर्ग’, ‘बासुदेब’, ‘छहारी’ , ‘सौभाग्य’, ‘चट्याङ’, ‘ जे भो राम्रै भो’ लगायतका चलचित्रमा काम गरेकी अधिकारीलार्इ कोषमार्फत सहयोग गर्न नायिका झरना थापालाई विकास बोर्डका अध्यक्ष राईले निर्देशन दिइसकेका छन् ।