‘फन्को’ ले आफ्नो आधा लगानी विदेशबाटै उठाउने



Fanko
ठुलपर्दा डटकम, काठमाण्डौ।
नेपालमा माघ १ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘फन्को’ ले आफ्नो आधा लगानी विदेशबाटै उठाउने भएको छ ।

रोजगारी तथा अन्य कामका लागि विभिन्न देशमा रहेका नेपालीमाझ प्रदर्शन भइरहेको ८० लाखको लगानीमा बनेको चलचित्र फन्कोले प्रवासबाटै ४० लाख रुपैयाँ उठाउने निश्चित भएको निर्माता मध्येका एक सहदेव गौतमले बताए । बेल्जियममा भएको भएको प्रदर्शनबाट तीन तथा इटालीबाट ६० हजार रुपैयाँ संकलन भएको गौतमले जानकारी दिए ।

फन्को युरोपका स्विजरल्याण्ड, डेनमार्क, नर्वे, स्पेन लगायतका देशमा प्रदर्शनको तयारी छ । सुर्बण थापाले निर्देशन गरेको फन्कोमा नरेन्द्र महर्जन साथै बेल्जियम निवासी शहदेव गौतम र पदम गुरुङ्गले लगानी गरेका छन । पैसाको पछाडी लाग्ने युवायुवतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियंका कार्की, केशव भट्टराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu