बदामसँगै यसरी बेच्छन् मान बहादुरले आफ्ना गीतहरु (भिडियो)



man-bdr
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बदाम वेचेर आफ्नो परिवार पाल्ने यि मान बहादुर बस्नेतको प्रतिभा अचम्मको छ । आफ्नै शब्द ,स्वर, संगीतमा रहेका धेरै गित गाउदै वाटोमा हिड्दा उनलाई धेरैले पागल पनि भन्ने गर्छन तर उनी आफ्नो प्रतिभा प्रस्पोटन गरिरहेका हुन्छ ।

एक्लै हुँदै आफ्नै शब्दमा रहेका गीत गाउछन् त कहिले उनी गीतसँग टेवुल ठटाएर गीतमा सगीत भर्ने गर्छन । अहिले उनले गाएको एक गीत सामाजिक सञ्जाल यूटुबमा राम्रै चर्चा बटुल्दै गएको छ । ‘गाएर हेर तिम्रो र मेरो धुन मिल्छ मिल्दैन, काटेर हेर तिम्रो र मेरो खुन मिल्छ मिल्दैन’ बोलको गीतले यति बेला मान बहादुरलाई चर्चित बनाइरहको छ ।

जनकपुरका स्थायि वासिन्दा मान बहादुर हाल आफ्नो सपरिवार सहित काठमाडौंको शान्तिनगरमा बस्छन । आफु सहित ३ जनाको परिवारलाई उनले बाटोमा गाँउदै बदाम तथा भुजा बेचेर पालेका छन् । “के गर्नु हजुर यहिँ व्यवसायले मेरो पायल्सको दवाइ खानु पर्छ अनि मानसिक रोगी श्रीमतिको उपचार गर्दै छोरा पनि हेर्नु पर्छ र पनि जीन्दगी चलिरहेछ”, उनले आँसु लुकाउँदै भने ।

यिनीसँग बदाम खाने जो कोहिले पनि यिनको गीत सुन्नकै लागि भए पनि पटक पटक बदाम खाएर उनको व्यवसायलाई सहयोग गर्ने गरेका छन् । धेरै जसो यिनका गीतमा देशमा भएको समसामयिक कुरा तथा जातजाति, बन्धुबान्धव र स्वाभिमानका मार्मिक भावहरु सुन्न सकिन्छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu