‘काफल पाक्यो’ हेर्नेले पाउनेछन् बैंकक घुम्न जाने अवसर



kafal-khane-man
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायक जीवन लुईँटेल अभिनित नयाँ चलचित्र ‘काफल पाक्यो’ यूनिटले प्रदर्शन मिति नजिकदै गर्दा प्रचार प्रसारको नयाँ शैली अपनाएको छ । माघ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्र यूनिटले चलचित्र हेर्ने दर्शकले बैंकक घुम्न पाउने स्किम सार्वजनिक गरेको छ ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रकी निर्देशक सावित्री खत्रीले दर्शकले चलचित्रको टिकट काट्ने मध्ये दुई जनालाई बैंकक घुम्ने अवसर प्रदान गरिने बताइन् । उनले भनिन्, ‘हामीले दर्शकका लागि उपहार स्वरुप यो योजना ल्याएका हौं । चलचित्र ‘काफल पाक्यो’ हेर्न हलमा आउने दर्शकले टिकटसँगै एउटा कुपन पनि पाउनेछन्, त्यो कुपनलाई काउण्टरकै छेउमा रहेको बक्समा खसाल्नुपर्नेछ र चलचित्र रिलिजको तेस्रो सातामा हामी लक्की ड्र मार्फत विजेता घोषणा गर्ने छौं ।’

उनका अनुसार विजेता मध्ये दुई जनालाई तीन रात र चार दिनको बैंकक भ्रमणको अवसर पाउनेछन् । यस अघि क्यानडामा प्रदर्शन भइसकेको यो चलचित्र चाँडै अष्ट्रेलिया, दुबई र कतारमा पनि प्रदर्शन हुँदैछ । सावित्री खत्रीले निर्देशन गरेको चलचित्र काफल पाक्योमा नायक जीवन लुईँटेल, नवनायिका वर्षा सिंह, मुकेश आचार्य, लय संग्रौला, उत्तम केसी, बीएस राणा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

साधारण गाँउले जीवन विताइरहेका नायक जीवन लुईँटेलको पेरिफेरीमा चलचित्र धुमेको पनि निर्देशक खत्रीले जानकारी दिइन । उपेन्द्र सुवेदी, सुरेश राउत, लक्ष्मी केसीले निर्माण गरेको चलचित्र काफल पाक्योमा विकास चौधरीको संगीत, शंकर अधिकारीको गीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र सरिता राजचललेको कोरियोग्राफी रहेको छ । चलचित्रलाई दीर्घ गुरुगं र दीपक बज्राचार्यले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu