फेसन शोमा ‘बागमती’को प्रचार



bagmati-fashain
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘बागमती’को प्रदर्शन मिति नजिकदै गर्दा प्रचार प्रसारलाई आक्रमक बनाइएको छ । त्यसैले पनि होला अहिले नेपाली सिनेनगरिमा बागमतीको चर्चा अन्य चलचित्रको भन्दा व्यापक छ ।

नायक राजेश हमाल र शिब श्रेष्ठलाई कमब्याकको नाम दिदै थालिएको चलचित्र बागमतीको प्रचार साइकल र्याली देखी फेसन शोसम्म पुगेको छ । गत शनिबार मात्रै नायक राजेश हमालले साइकल र्‍याली कार्यक्रममा साइकल चलाएर चलचित्रको प्रचार प्रसार गरेपछि चलचित्र यूनिट बिहिबार राजधानीमा आयोजित फेसन शोमा पनि सहभागी भएको छ । क्रिसमसको अवसरमा गरिएको फेसन शोमा चलचित्र ‘बागमती’को सहभागिता रहेको थियो ।

हाम्रो टेलिभिजन च्यानलले बिहिबार साँझ फेसन शोको आयोजना गरेको थियो । सो कार्यक्रममा चलचित्र ‘बागमती’का कलाकार श्रेया कार्की, रविकर प्रसाद घिमिरे, बालकलाकार कञ्चन ठकुरी र्‍याम्पमा हिडेका थिए । उक्त शो मा चलचित्र बागमती यूनिटले पनि आफ्नो सहभागीता जनाएको थियो ।

यो चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक, पारिवारिक, सन्देशमुलक भनिएको छ । चलचित्रमा नायक राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरी, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । चलचित्रबाट रविकार घिमिरे र श्रेया कार्कीलाई नवप्रतिभाको रुपमा भित्राइएको छ । चलचित्रको छायांकनका लागि प्रयोग भएका सम्पूर्ण प्राविधिक र प्रविधीहरु दक्षिण भारतबाट नै ल्याइएको हो ।

सिनेमाको पोष्ट प्रोडक्शन पनि दक्षिण भारतका चर्चित स्टुडियोमा गर्ने निर्माणपक्षले जनाएको छ । ‘ ट्री इन्टरटेन्मेन्टको ब्यारनमा तयार भएको सिनेमामा कथा तथा निर्देशन सन्नी (केरला)को छ । चलचित्रका निर्माता दिनेश दर्शनधारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu