यो चलचित्रले गर्‍यो १२ दिनमा एक अर्ब डलरको कमाइ



star-wars

हलिउड चलचित्र ‘स्टार वार्स : द फोर्स अवेकेन्स’ले नयाँ कीर्तिमान राख्न सफल भएको छ । झण्डै दुई हप्ता अघि प्रदर्शनमा आएको चलचित्र स्टार वार्स सबै भन्दा छिटो समयमा एक अर्ब अमेरिकी डलर कमाइ गर्ने चलचित्र बनेको छ ।

यो चलचित्रले प्रदर्शनमा आएको १२ औं दिनमा विश्वभरबाट एक अर्ब डलरको कमाइ गरेको हो । अमेरिकामा क्रिसमसको दिनमात्रै यो चलचित्रले ४९ करोड ३० लाख डलर कमाएको थियो । यस अघि यो कीर्तिमान जुरासिक वर्ल्डको नाममा थियो ।

गएको जुनमा प्रदर्शन भएको जुरासिक वर्ल्डले १३ दिनमा एक अर्ब डलरको व्यापार गरेर बनाएको कीर्तिमान स्टार वार्सले तोडेको हो । यस्तै स्टार वार्सले अमेरिकामा क्रिसमसको दिनमा सबै भन्दा बढी कमाइ गर्ने चलचित्रको कीर्तिमान पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu