आर्यन र नम्रतालाई लाग्दैछ हर दिन सुनौलो (भिडियो)



classic-new-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माग २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्लासिक’को ‘सुनौलो हर दिन लाग्यो….’ बोलको सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने शब्द दिनेश राउत र स्वर मेलिना राई, कोशिश क्षेत्रीको रहेको छ ।

गीतमा रेनशा राइको कोरियोग्राफी रहेको छ। गीतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको लभ केमेष्ट्री देख्न सकिन्छ । चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुवास गिरीले निर्माण गरेका हुन् । त्यस्तै चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेल र प्रितम पाण्डेको सम्पादन, विजय वश्याल र श्रीकृष्ण श्रेष्ठको ग्राफिक्स, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu