हमालले केक काटेपछि सुरु भयो ‘हामी उठ्ने छौं’ को सामूहिक कला प्रदर्शनी



hami-uthne-chhau

ठुलोपर्दा डटकम, काठमाण्डौ।
काठमाडौंको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ‘हामी उठ्नेछौं’ शीर्षकमा सामूहिक चित्रकला प्रदर्शनी बुधवार देखि सुरु भएको छ । नेपाली चलचित्रको नायक राजेश हमालले ‘हामी उठ्ने छौं’ को लोगो अंकित चित्र अनावरण गरेर चित्रकला प्रदर्शनीको उद्घाटन गरे ।

उक्त कार्यक्रममा फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको थियो । प्रदर्शनी सुरुवात गर्दा अभिनेता हमाल, अभिनेत्री शिल्पा पोखरेललगायत थिए । प्रदर्शनी पुस १९ सम्म चल्नेछ । प्रदर्शनीमा १९ जना कलाकारका ७० भन्दा बढी चित्रकला छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तरको दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले गरेको ‘हामी उठ्ने छौं’ सामूहिक कला प्रदर्शनीमा भुफान लिम्बू, विकास श्रेष्ठ, विकुकुमार थापा, जया शर्मा, दीपक मेहता, दीपाञ्जली राजभण्डारी, ध्रुवराज शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओम गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, ऋतु थापा, शोभा तिवारी, सुदेशा श्रेष्ठ, उमा खड्का तथा उपकार घमालले बनाएका ७० वटाभन्दा बढी चित्र राखिएका छन् । प्रर्दशनीमा ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका चित्रहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu