महिलाको भेषमा राजेश हमाल, कालो सारीमा कति सुहायो ?



Shakuntala-pic-leack
ठुलोपर्दा डटकम, काठमाण्डौ।
दिनेश श्रेष्ठको निर्देशनमा तयार भइहेको चलचित्र ‘शकुन्तला’को फोटो लिक भएको छ । सार्वजनिक फोटोमा चलचित्रका नायक राजेश हमाल महिलाको भेषमा देखिएका छन् । यो लुकले राजेश हमालका फ्यानहरु भने अचम्ममा परेका छन् ।

अहिलेसम्म महिलाको भेषमा नदेखिएका राजेशको यो लुकले चलचित्रलाई बहुप्रतिक्षित बनाएको छ । छायांकन स्थलबाटै बाहिरिएको यो तस्विरमा राजेश निधारमा रातो टिका, गलामा कालो माला, नाकमा नत्थी, हातमा चुरा तथा कालो सारी र ब्लाउजमा सजिएका छन् भने उनको छेउमा प्रहरीलाई देखाईको छ । यो लुकले चलचित्र ‘शकुन्तला’को कहानी केहि खोलिने पक्का देखिएको छ ।

स्रोतले बताए अनुसार चलचित्रमा ‘शकुन्तला’को भूमिका राजेश हमालले नै निर्वाह गरेका छन् । यो चलचित्रमा नायिका अनु शाहले रिपोर्टरको भुमिका निभाएकी छिन् भने किशोर खतिवडाको पनि मुख्य भुमिका रहेको छ । ’शकुन्तला’मा अर्जुन पोखरेलको संगीत छ भने लगानी महेश्वर खत्री र श्रीपसा खत्रीको छ । केहि दिन काठमाडौं आयोजित एक पत्रकार सम्मेलनमा अनु र राजेशले ‘शकुन्तला’ को भन्नेमा कुरा लुकाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu