‘फन्को’मा केकी गाँउले केटी



fanko-press-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्रदर्शनमा आउन अब एक हप्ता बाँकी रहँदै गर्दा चलचित्र ‘फन्को’ यूनिटले पनि आफ्नो प्रचार प्रसारलाई आक्रमक बनाएको छ । त्यहि क्रममा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरुले चलचित्र फन्को विशुद्द नेपाली मौलिक कथा बोकेकेको चलचित्र भएको बताएका छन् । कलाकारहरुले राम्रो चलचित्र निर्माण बनेको भन्दै चलचित्र चल्नेमा आशावादी रहेको बताएका थिए ।

चलचित्रकी नायिका केकी अधिकारीले यस चलचित्रमा आफ्नो भिन्न अभिनय गरेको बताउदै यो पटक टिपिकल नेपालीपन बोकेकी महिलाको भूमिकामा अभिनय गरेको बताइन । उनले गाउँले शैलीको महिलाको भुमिका निभाएकी छिन् । त्यस्तै अभिनेता दयाहाङ राईले चलचित्रले एक कालखण्डको प्रतिनिधित्व गरको भन्दै सकेसम्म राम्रो काम गरेको धारणा राखे । चलचित्रमा सामबेश ‘ठुङ्दे ठुङ्दे’ बोलको रमाइलो गीत अहिले बजारमा खुब चर्चा बटुल्नेको साथै सबैले मन पराएका छन् ।सो कार्यक्रममा चेतन सापकोटा र रेश्मा सुनुवारले ‘ठुङ्दे ठुङ्दे’गीत गएर समेत सुनाएका थिए ।

सुर्बण थापाले निर्देशन गरेको फन्कोमा नरेन्द्र महर्जन साथै बेल्जियम निवासी शहदेव गौतम र पदम गुरुङ्गले लगानी गरेका छन । पैसाको पछाडी लाग्ने युवायुवतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियंका कार्की, केशव भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu