‘नाईँ नभन्नू ल ४’ को लिरिकल गीत सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘नाईँ नभन्नू ल ४’ को लिरिकल गीत सार्वजनिक भएको छ । ‘आँसु झर्न दिन्न तिम्रो’ बोलको सार्वजनिक लिरिकल गीतमा राजेश पायल राईको आवाज रहेको छ भने शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ ।

यस बर्षबाट प्रदर्शनमा ल्याइने तयारीमा रहेको यो चलचित्रमा अनुभव रेग्मी, प्रियंका कार्की, पल शाह, बर्षा राउत, आँचल शर्माको मुख्य भुमिका रहेको छ । चितवन र काठमाडौंमा खिचिएको चलचित्रलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गरेका हुन् ।

चलचित्र ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहेको छ भने राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशीले चलचित्रको गीतहरुमा आवाज दिएका छन् । यो चलचित्रलाई निर्देशक एवं निर्माता विकास आचार्यले निर्देशन गरेका हुन् ।

गीत सुन्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu