ठुलोपर्दा डटकम, काठमाण्डौ।
युवास्टार अनमोल केसी र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको अभिनय रहेको चलचित्र ‘गाजलु’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । करिब ४५ दिन लगाएर यो चलचित्रको छायांकन सकिएको हो ।
पहिलो पटक ठूलो पर्दामा काम गरेकी अभिनेत्री श्रृष्टी श्रेष्ठलाई एक गीतमा फिचर गर्दै चलचित्रको छायांकन सकाइएको हो । छायांकनको अन्तिम दिन श्रृष्टिले ‘तिमी नहुँदा’ बोलको गीतमा लिप्सिङ गरिन् । उनको साथमा संगीतकार कालिप्रसाद बास्कोटाले पनि गीत गाए । नायिका श्रेष्ठले पहिलो पटक चलचित्रमा काम गरेपनि सजिलो भएको बताइन् ।
हेमराज वीसीको निर्देशनमा रोहित अधिकारीले निर्माण गरेको यो चलचित्रले प्रदर्शन मिति पनि तोकेको छ । चलचित्र नयाँ बर्षको वैशाख महिनाको २४ गतेबाट देशभर लाग्नेछ । चलचित्रमा अनमोल केसी, सलोन बस्नेत, गौरी मल्ल, गौरव पहारी, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
चलचित्रलाई एफडी कम्पनीले महंगो ‘एमजी’ पनि दिइसकेको छ । निर्माता अधिकारी १ करोड भन्दा माथिको बजेटमा तयार हुन लागेको यो चलचित्रले लगानी उठाउनेमा ढुक्क छन् ।