‘आवेग’ चैत्र १२ बाट



aaryan-sigdel-aabeg
ठुलोपर्दा डटकम, काठमाण्डौ।
२०७२ को जेठमा रिजिल हुने भनिएको एक्शनप्रधान चलचित्र ‘आवेग’को रिलिज मिति सार्वजनिक गरिएको छ । जेठमा भूकम्पका कारण प्रदर्शनमा आउन नसकेको यो चलचित्रको पुन: रिलिज मिति तोकिएको हो ।

अब यो चलचित्र चैत्र १२ बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले केहि दिनमा कार्यक्रम गर्दै चलचित्रको औपचारिक प्रचार प्रसारको थालनी गर्ने बताएको छ । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका छ ।

बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आबेग’मा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य छ । चलचित्रको निर्माण धन सिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् । चलचित्रका निर्देशक निरौला ‘आवेग’मा आर्यनको अहिलेसम्म नदेखिएको भूमिका समेटिएका कारण दर्शकको साथ राम्रो पाउनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu