छायाँकार राजु मानन्धरको निधन



raju-mamandher-death
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अग्रज चलचित्र छायाँकार राजु मानन्धरको ४९ वर्षको उमेरमा सोमबार साँझ शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ । काठमाडौं नयाँ सडकका मानन्धर तिन दशकदेखि चलचित्र उद्योगमा क्रियाशील थिए ।

सोमबार राति उनको पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न गरिएको थियो । ४९ बर्ष कै अल्पायुमा बिदा भएका मानन्धर पछिल्लो समय टौखेल, ललितपुरमा फेशन ब्यावसायी बलराम श्रेष्ठसँगै बस्दै आएका थिए ।

नेपाली चलचित्रहरु मामाघर, आफ्नो घर आफ्नो मान्छे, यस्तै रहेछ जीन्दगी लगायत झण्डै दुई दर्जन चलचित्रहरुमा छायाँकन तथा सम्पादन गरेका मानन्धरले झण्डै दुई हजार जति टेलिचलचित्रहरुको छायाँकन गरेका थिए । केही भिडियो चलचित्र र चलचित्रमा समेत उनले अभियन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu